भारतसँग जापान १० विकेटले पराजित
काठमाडौं । पहिलो पटक यु–१९ विश्वकप खेलिरहेको जापानले पहिलो खेलमै भारतसँग नराम्रो हार व्यहोरेको छ। मंगलबार भएको खेलमा भारतसँग जापान १० विकेटले पराजित भएको हो।
टस हारेर ब्याटिङ गरेको जापान मात्र ४१ रनमा अलआउट भएको थियो । यु–१९ विश्वकपको इतिहासमा जापानले बनाएको स्कोर दोश्रो न्यून स्कोर हो । जापानले २२ ओभर ५ बलमा मात्र ४१ रनमा समेटिएको थियो । जापानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । जसमा उसका पाँच जना खेलाडीले खाता खोल्न सकेनन् ।
जापानलाई सस्तैमा समेट्ने क्रममा रवि विश्नोईले चार तथा कार्तिक त्यागीले तीन र आकाश सिंहले पनि दुई विकेट हात पारे । ४२ रनको लक्ष्य भारतले ४.५ ओभरमै पुरा गर्यो। भारतका यशस्वी जैशवालले २९ रन बनाए भने कुमार कुशाग्राले ११ रन बनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment