टोकियो ओलम्पिकः नेपाली टोलीको पूर्वअभ्यास शिविर जापानमा राख्ने

डिसी नेपाल
७ माघ २०७६ १८:३८

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीको पूर्वअभ्यास शिविर तोकोशिमा प्रिफेक्चर जापान मा राख्ने भएको छ । उक्त सम्बन्धमा नेपालका तर्फबाट कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तोकोशिमाका तर्फबाट कोमानो इजुमिफले सोमबार हस्ताक्षर गरेका छन् ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको सहभागितामा भएको सो कार्यक्रममा पौडीबाट अशोकरत्न बज्राचार्य र आर्चरीबाट दीपकराज गुरुङले हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराए। अध्यक्ष श्रेष्ठले भ्रमण वर्षमा नेपालका विभिन्न सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रको भ्रमणका लागि जापानी नागरिकलाई आग्रह गरेको कमिटीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *