त्रिकोणात्मक सिरिजको लागि अमेरिकी टोलीको घोषणा, भारतमा अभ्यास गर्ने

डिसी नेपाल
७ माघ २०७६ १९:२१

एजेन्सी । अमेरिकाले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानसँग हुने एकदिवसीय त्रिकोणात्मक सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।

माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको हो । अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्ने छ ।

अमेरिका क्रिकेट बोर्डका अनुसार मुम्बई क्रिकेट एसोसिएसन–११ सँग तीन एकदिवसीय अभ्यास खेलेपछि नेपाल आउने छ । सचिन तेन्दुलर जिमखान मैदानमा हुने अभ्यास खेलको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट बोर्डले स्वीकृती दिई सकेको अमेरिकाले जनाएको छ ।

अमेरिकाको घोषित टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र टि ट्वान्टी आई खेलि सकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पुर्व ओपनर जेवियर मार्शल लगातका खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका तीब्र गतिका बलर अली खान भने अमेरिकाको टोलीमा छैनन् ।

अमेरिकाको टोलीः सौरभ नेत्रवलकर(कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन ।

नेपाल बाहेक अन्य ६ टोलीले विश्वकप लिग २ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलि सक्दा अमेरिका शीर्ष स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । ८ खेलमा ४ मा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ ।

८ खेलमा ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ । ओमान ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ । पुछारमा रहेको पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *