साउदीमा अवैधानिक कामदारलाई बहिर्गमन भिसाको अवसर, विभिन्न स्थानमा दूतावासले सेवा दिँदै

डिसी नेपाल
८ माघ २०७६ ११:१०

रियाद । साउदी  सरकारले अवैधानिक आप्रावासी कामदारलाई बहिर्गमन भिसाको अवसर दिएको छ । परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक  कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।  सरकारले ल्याएको यो बहिर्गमन योजनाले यहाँ रहेका धेरै नेपालीहरु लाभान्वित हुने भएका छन्।

दूतावासकाअनुसार साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको हो।

कम्पनीसँग लिन बाँकी बक्यौता भएमा श्रम अदालतमा मुद्दा दर्ता गरी फैसलापछि कार्यान्वयन अदालतबाट कार्यान्वयन भएपछि बहिर्गमन भिसा लिई जानसमेत दूतावासले अनुरोध समेत  गरेको छ।

यो अवसर अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरूलाई स्वदेश फर्कन आवश्यक पर्ने फारम र कागजातहरू राखी पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले विभिन्न स्थानमा कर्मचारीहरू खटाई फारम र निवेदन संकलन गर्ने समेत जनाएको छ । पायक पार्ने स्थानमा उपस्थित भई सेवा लिन दूतावासले  अनुरोध गरेको छ।

त्यस्ता नेपाली कामदारलाई तोकिएको स्वरूपको निवेदन, परिचयपत्र (अकामा) को प्रतिलिपि ३ प्रति, राहदानी र भिसाको प्रतिलिपि ३ प्रति आवश्यक पर्ने दूतावासले जनाएको छ।

दूतावासले सेवा उपलब्ध गराउने स्थान, मिति र समय : 

रियाद–   २४ जनवरी शुक्रबारदेखि अर्को सूचना नआएसम्मको लागि राजदूतावास हरेक शुक्रबार दिनको १ देखि ४ बजेसम्म

पूर्व क्षेत्रीय जुबेल– २३ जनवरीमा एभरेष्ट होटलमा बेलुका ठिक ०६ देखि ०८ बजेसम्म

दम्माम– २४ जनवरी शुक्रबारका दिन बिहान  ८ बजेदेखि दिउँसो १२ बजे सम्म र दिउँसो १ देखि ३ बजेसम्म सिको गार्डेनमा

अलकासिम क्षेत्र बुरैदा– २४ जनवरी  शुक्रबारका दिन बिहान ११ बजेदेखि ४ बजेसम्म

ओनैजा–  २५ जनवरी  शनिबारका दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म

हपर अल वतिन–  ३१ जनवरी शुक्रबारका दिन बिहान ११ बजेदेखि ४ बजेसम्म

हयाल– ३१ जनवरी शनिबारका दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म तथा  १ फेब्रुअरी आइतबारका दिन बिहान ११ बजेदेखि दिउँसो २   बजेसम्मका लागि ताेकिएकाे छ।

प्रस्तुत मिति र समयका अतिरिक्त तालिकामा नाम उल्लेख व्यक्तिहरूसँग सम्पर्क गरी अन्य उपयुक्त समयमा समेत फारम बुझाउन सकिनेछ। यसरी प्राप्त हुने फारमलाई राजदूतावासले सिफारिसहित औपचारिक बनाउने समेत  जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *