शुक्रवारदेखि एशिया कप कराँते प्रतियोगिता

डिसी नेपाल
८ माघ २०७६ १८:५६

काठमाडौं । प्रथम एशिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०२० यही माघ १० र ११ का दिन काठमाडौंमा आयोजना हुने भएको छ ।

उक्त प्रतियोगितामा विशेष आतिथ्यता ग्रहण गर्न विश्व क्योकुशिन कराँते महासंघ, जापानका अध्यक्ष सेइसिन ईवासिता नेपाल आएका छन् । उनीसंगै पाँच जना प्रतिनिधि पनि छन् ।

नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा फुल कन्ट्याक्ट कराँतेको विधामा यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना हुन लागेको हो । प्रतियोगिता सातदोबाटो, ललितपुरस्थित कराँते कभर्ड हलमा सञ्चालन गरिने छ ।

उक्त प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका खेलाडी तथा अफिसियलहरु गरी जम्मा ३ सय ५० जनाले सहभागिता जनाउने आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगितामा ३० के.जी, ३५ के.जी, ४० के.जी, ४५ के.जी, ५० के.जी, ५५ के.जी मुनि तथा खुल्ला तौल समुहमा महिला तथा पुरुष गरी जम्मा १४ वटा तौल समुहमा खेल खेलाईने छ ।

प्रतियोगितामा विजेता खेलाडिहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा अहिलेसम्मकै ठुलो धन राशीमा पुरस्कारहरु राखिएको उक्त प्रतियोगितामा खुल्ला तौल समुहको स्वर्ण पदक प्राप्त गर्ने महिला तथा पुरुष बिजेता खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्य रहेको उक्त खेलकुद प्रतियोगिताको ब्यवस्थापन एनएफएच ईभेन्सले गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *