समृद्ध राष्ट्र निर्माणमा युवाको नेतृत्वदायी भूमिका हुन्छ : मन्त्री विश्वकर्मा

डिसी नेपाल
८ माघ २०७६ २१:०५

परासी । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले समृद्ध राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको बताएका छन् । उनले असल समाज निर्माणमा स्काउट अभियानले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको बुधबार समापन गर्दै मन्त्री विश्वकर्माले भने, “अबको ध्यान समृद्ध राष्ट्र निर्माण गर्नु हो, युवाको परिचालनबाटै यो सम्भव छ र युवा असल समाज निर्माणमा जुट्नुपर्छ ।”

मन्त्री विश्वकर्माले स्काउट अभियानलाई स्थानीय तह र विद्यालय तहसम्म पु¥याउन पनि आग्रह गरे। अभियान सफल पार्न सरकारले सहयोग गर्ने उनले उल्लेख गरे। यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउन युवा नयाँ ढङ्गले लाग्नुपर्नेमा जोड दिए । स्काउट अभियानलाई गाउँगाउँमा पु¥याउन प्रधानमन्त्रीको विशेष चासो रहेको उनले बताए ।

माघ ३ गतेदेखि सञ्चालित तालीममा प्रदेश नं ५ का १०९ वटै पालिकाबाट ६४३ प्रशिक्षार्थी र ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राससलार्ई जानकारी दिए । अब स्काउटलाई सबै स्थानीय तह तथा विद्यालयमा गठन गरिने उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *