“परदेशका कथा” विमोचित

डिसी नेपाल
९ माघ २०७६ १४:०१

काठमाडौं । उत्तर अमेरिकी भावभूमिका दुई दर्जन कथाहरूको सङ्गालो  ” परदेशका कथा” कृतिको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा माघ ५ गते लोकापर्ण भएको छ ।

समालोचक डा. विन्दु शर्मा, समीक्षक महेश पौड्याल, पत्रकार राजकुमार बानियाँ ,  पुस्तकका सम्पादक गणेश घिमिरे र प्रकाशक पुष्पराज पौडेलद्धारा लोकार्पण गरिएको हो  ।

परदेशको कथा उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूको संयुक्त सँगालो हो । प्रस्तुत पुस्तकमाथि बोल्दै समालोचक विन्दु शर्माले कृति प्रकाशन हुनु राम्रो प्रयास हो भन्दै  छुटेका केही राम्रा कथाकारहरूलाई  भाग दुईमा समावेश गर्न सुझाव दिइन् ।

समीक्षक राजकुमार बानियाँले विदेशमा भोगेका कथा पढ्दा आफूलाई विदेशमा बस्ने नेपाली भएको अनुभूति भएको बताए। सम्पादकसमेत रहेका  गणेश घिमिरेले नेपालीहरू विदेशमा बस्दा पनि नेपालीपन ल्याउन पुस्तक तयार पारेको बताए।

प्रकाशक पुष्पराज पौडेलले नेपाली साहित्यका पुस्तकहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउनु पर्ने बेला भएकाले आफ्नो ठाउँ बाट पहल गर्न सबैलाई अनुरोध गरे ।

कृष्ण कुसुम र गणेश घिमिरेले सम्पादक गरेको उक्त संगालोमा भारती गौतम, विश्वराज अधिकारी, गीता खत्री, गोवर्धन पूजा, गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत, खेमराज पोखरेल र कृष्ण धराबासीका कथा रहेका छन।

यसैगरि कृतिमा  कृष्ण कुसुम, कृष्णराज खनाल, कुसुम ज्ञवाली, महेश्वर पन्त, मन्जु विमली, मोदनाथ सादा, नगेन्द्र न्यौपाने, नीलम कार्की निहारिका, राजव, शेखर ढुंगेल, शिव लामिछाने, शिव प्रकाश, सीता अर्याल, सुन्दर जोशी, र सुरेन उप्रेतीका पनि कथा रहेका छन । शिखा बुक्सले बजारमा ल्याएको यो पुस्तकको मूल्य रु. ३७५ रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *