बार्सिलोनाको जीतमा ग्रिजम्यानको २ गोल

डिसी नेपाल
९ माघ २०७६ ९:००

काठमाडौँ । कोपा डेल रे अन्तर्गत बार्सिलोनाले इबिजालाई २-१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा एन्टोइन ग्रीजम्यानले दुई गोल गर्दै जिताएका हुन् ।

इबिजाका लागि पेप कबालीले खेलको नवौ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । १-० गोलले पछाडी परेको बार्सिलोनालाई खेलको ७२औ र ९४औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका थिए ।

योसँगै ग्रीजम्यान यस सिजनमा बार्सिलोनाबाट ला लिगा, च्याम्पियन्स लिग, सुपर कप र कोपा डेल रेमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *