नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा

डिसी नेपाल
१० माघ २०७६ ९:५०

नेपालगञ्ज । विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा छ।

गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

काठमाडौँ, धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ।

उनले सहायता कक्ष निर्माण भए पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको हुँदा यथाशीघ्र सबै ठाउँमा कर्मचारी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने छ।

खसी नियन्त्रणमा

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले २५७ वटा अवैध खसी नियन्त्रणमा लिएको छ।

प्रहरीले राप्ती सोनारी गाउँपालिकाको कुसुममा रहेको जङ्गलमा रा १ ख २८१ र रा १ ख १०९८ नम्बरका दुई वटा ट्रक र म १ ख ८२८ नम्बरको बसमा लोड गरिराखेको अवस्थामा खसी बरामद गरेको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उहाँका अनुसार, उक्त खसीको बजार मूल्य करिब रु ३५ लाख रहेको छ।

प्रहरीका अनुसार बरामद गरिएका खसीलाई काठमाडौँ लैजाने तयारी गरिएको थियो।

खसीसहित चालक दलका सदस्यलाई पक्राउ गरिएको छ। प्रहरीले जाँचका क्रममा खसी लैजाने गाउँपालिकाको सिफारिस र पशु क्वारेन्टाइन कार्यालयको पत्रमा शङ्का लागेपछि थप अनुसन्धानका लागि खसी नियन्त्रणमा लिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *