‘अस्ट्रेलिया काण्ड’की युवतीका आफन्त खोज्दै नेपाल प्रहरी

डिसी नेपाल
१० माघ २०७६ १२:४९

काठमाडौं। अस्ट्रेलियामा बस्ने एक नेपाली युवतीको भएको भनी दावी गरिएको अश्लील भिडियो सामाजिक संजालमा भाइरल भएसँगै नेपाल प्रहरीले ती युवतीका आफन्तको खोजी थालेको छ । प्रहरीको साइबर ब्यूरोले ती युवती नेपाली भएको दावी सत्य भएको हुन सक्ने सम्भावनाका आधारमा नेपालमा उनका आफन्तबारे खोजी सुरु गरेको हो ।

साइबर ब्यूरो स्रोतका अनुसार युवतीका तर्फबाट कुनै किसिमको उजुरी आएको छैन । उनका आफन्तहरु पनि सम्पर्कमा आएका छैनन् । तर, युवतीको यो भिडियो उनको इच्छाविपरित सार्वजनिक गरिएको हुन सक्ने र यस विषयमा युवती वा उनका आफन्तले कानुनी उपचार खोज्न सक्ने सम्भावनाका आधारमा उनीहरुलाई सहयोग गर्न प्रहरीले आफन्तको खोजी सुरु गरेको हो ।

‘यो भिडियो युवतीको नितान्त व्यक्तिगत भएको वा उनको इच्छा भएरै सार्वजनिक भएको अवस्थामा त हामीले केही गर्ने कुरा भएन’ साइबर ब्यूरो स्रोत भन्छ ‘तर, युवतीको इच्छा विपरित केही भएको भएमा उनलाई कानुनी सहयोग चाहिने भएकोले त्यही सहयोग गर्न हामीले आफन्तको खोजी थालेका हौं । स्रोतका अनुसार यो भिडियो जुन युवतीको भएको दावी गरिएको छ ती युवती ब्यूरोको सम्पर्कमा आइसकेकी छिन् ।

पीडित युवतीका अनुसार यो भिडियो उनको होइन तर यसमा उनको सानो क्लिप यसमा जोडिएको छ । जोडिएको सानो क्लिप उनले अर्कै व्यक्तिसँग भिडियो कल गर्दाको हो । त्यही भिडियो कलको सानो क्लिप यो अश्लील भिडियोमा जोडेर उनको चरित्रहत्या गर्न खोजेको उनले बताएकी छिन् । प्रहरीले अहिले उनीसँग यस विषयमा कुराकानी गरिरहेको छ र उजुरी आएसँगै थप प्रक्रिया अगाडि बढाउने तयारी गरिएको ब्यूरो स्रोतले जानकारी दिएका छन् ।




प्रतिक्रिया

One thought on “‘अस्ट्रेलिया काण्ड’की युवतीका आफन्त खोज्दै नेपाल प्रहरी

  1. यो भिडियोमा देखिएकी युवती नेपाली होइनन् ! Pornhub मा ती युबतिको दर्जनौ भिडियोहरु उपलब्ध छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *