त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु भूमीमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टिममा एक खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । एकदिवसीयतर्फ दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । कमल सिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् । यस्तै सुशन भारी र कुशल मल्लले पहिलो पटक एकदिवसीय टिममा परेका छन् ।
सोमपाल कामी चोटको कारण र बसन्त रेग्मी घरायसी कारण टिममा रहेका छैनन् । कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ । सिरिजका लागि अमेरिका र ओमानले यस अघिनै टिमको घोषणा गरिसकेका छन् ।
नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर, ललित राजबंशी
वैकल्पिक खेलाडीः पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा, किशोर महतो
No ads found for this position


डिसी नेपाल
Facebook Comment