एमसीसी संसदबाट अनुमोदन नगर्न ११ दलको आह्वान

डिसी नेपाल
११ माघ २०७६ १९:१७

काठमाडौं। हालै भारतले नेपालको भूमि लिम्पियाधुरा, कालापानीलगायका क्षेत्र समेटेर विवादास्पद नक्शा जारी गरेको विरोधमा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको एमसीसी कम्प्याक्ट सम्झौतो विरोधमा विभिन्न ११ दलले आन्दोलन गर्ने भएका छन्।

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको नेतृत्वमा विभिन्न ११ दलले आन्दोलन गर्न लागेका हुन्। शनिबार विभिन्न ११ दलको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। बैठकपछि सँयुक्त विज्ञप्ति जारी गर्दै ती दलहरुले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न आह्वानसमेत गरेको छ।

नेकपा मसालका महामन्त्री सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिब मोहन वैद्य किरण, नेकपा (माले)का महासचिब सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाली किराँती, जनसमाजवादी पार्टीका अध्यक्ष सुभासराज काफ्ले र राष्ट्रिय जागरण परिषद्का सहसंयोजक महेन्द्र शर्माले शनिबार सँयुक्त विज्ञप्ति जारी गरेका हुन्।

मसाल महामन्त्री सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले भारतीय नक्शा र एमसीसीको विरोधमा प्रदर्शनका कार्यक्रमसमेत घोषणा गरेको छ। यही माघ २४ गते सातै प्रदेशका राजधानीमा विरोधसभा गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *