डा. रवीन्द्र समिर भन्छन्: कोरोना भाइरस संक्रमणकाे डर नमानौं

डिसी नेपाल
१२ माघ २०७६ ७:३३

चीनमा कम्तीमा ४१ जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनान थालिएकाे छ। काेराेना भाइरस नेपालमा भेटिएकाे पुष्टि भएसँगै सर्वसधारणमा त्रास बढेकाे छ।

तर जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समिर (पाण्डे) ले भने काेराेना भाइरस संक्रमणबाट नडराउन अपिल गरेका छन्। उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्: काेराेना भाइसर संक्रमणका विषयमा खुलाएका छन्। यो एक प्रकारको रुघा हो| कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन्।

सर्ने माध्यम पनि रुघा सरेजस्तै हो। खोक्दा, छिउँ गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसँग नपकाएर खाँदा याे राेग सर्छ।

यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन। ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ। यसको कुनै उपचार छैन। ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो। झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो।
यो रोगको खोप छैन।

डा. रवीन्द्र समिर

रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन्छ। यो रोग लाग्दैमा मृत्यु हुँदैन। यसको मृत्यु दर २-३ प्रतिशत मात्र छ। बालबालिका, बृद्धबृद्धा, क्यान्सर\एचआईभी\मुटुरोग/मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समूहमा पर्दछन्। त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन्।

कसरी बच्ने?

सकभर भिडभाडमा नजाने| जस्तै, अस्पताल/ सपिंग मल/ सिनेमा घर\ सार्वजनिक यातायात आदिमा नहिँड्ने। हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन। N 95 मास्क राम्रोसँग लगाउँदा रोकथाममा उपयोगी हुन्छ।

मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो। रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन। सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ।

रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं। कोरोनाको बारे धेरै सोचेर चिन्तित नबनौं। नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ। साबधानी अपनाउने हो, पेनिक बन्ने हैन।

कोरोना भाइरस संक्रमण – डर नमानौं ( सेयर, प्रकाशन / प्रसारण गरौँ )- यो एक प्रकारको रुघा हो | कोरोना संक्रमण र…

Posted by Dr. Rabindra Sameer on Saturday, January 25, 2020

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *