प्रहरीको हिरासतबाट मुक्त भएपछि मनाङ्गे भन्छन्ः अब रक्सी खान्छु (भिडियो)

डिसी नेपाल
१२ माघ २०७६ १९:१७

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका गण्डकी प्रदेसका सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे ६ हजार रुपैयाँ धरौटी बुझाएर हिरासत मुक्त भएका छन्।

मिलनको किटानी जाहेरीमा प्रहरी दुर्व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि दुई दिन थुनामा राख्न अनुमति दिएको थियो।

थुना मुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै मनाङ्गेले अब रक्सी खाने बताएका छन्। उनले भने, ‘दुई दिन (हिरासत)मा मजाले सुते, अब रक्सी खान्छु होला।’
उनले आफूमाथि मुद्दा हाल्ने मिलन गुरुङले अब दुःख पाउने बताए। उनले भने, ‘यो ठूलो फाइट नै थिएन, त्यसै उसले स्क्यान्डल बनायो। अहिले आफै दुःख पाइरहेको छ। आम्ममामा यहाँ फटाहाले उल्टै मुद्दा हाल्ने क्या।’ उनले एन्फामा पनि भ्रष्टाचार भइरहेको बताए। उनले भने, ‘त्यो शेर्पा (एन्फा अध्यक्ष कर्माछिरिङ् शेर्पा) त्यो खासमा गाइड हो क्या, अहिले अध्यक्ष भएछ। विदेशीले फुटबल खेल भने दिएको पैसा बाँडेर खान्छन्। त्यो शेर्पा फ्लाइटमा मात्र हुन्छ। प्लेनमै सुत्छ।’

कास्कीमा जारी मुख्यमन्त्री कप फुटबल प्रतियोगताको उद्घाटनका दिन मनाङ्गेले मिलनमाथि हातपात गरेका थिए। त्यसपछि मिलनले प्रहरीमा जाहेरी दिएका थिए।

उता मनाङ्गेको थप्पड खाएका मिलनलाई भने उच्च अदालत पोखराले ७ दिन थुनामा राख्न आदेश दिएको छ। मिलनविरुद्ध बैंकि कसूरमा मुद्दा चलिरहेको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले मिलनलाई थुनामा राख्न अनुमति दिएको हो।

मनाङ्गेविरुद्ध मिलनले प्रहरीमा जाहेरी दिएपछि मिलनमाथि पनि बैंकिङ कसूरमा मुद्दा परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *