इलामबाट स्वस्थ जीवन प्रर्वधन शुरु

डिसी नेपाल
१४ माघ २०७६ २०:२३

इलाम । इलामबाट स्वस्थ जीवन प्रर्वधन अभियान शुरु भएको छ । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रम नेपालमै पहिलो पटक इलामको रोङ गाउँबाट शुरु गरिएको हो ।

सुखी जीवन बिताउने भन्दै दिनानुदिन खानपान र अनियमित ब्यायामले मानिसमा विभिन्न रोग बढ्दै गइरहेकोले अभियान शुरु गरिएको हो । अभियानअन्र्तगत जीवनशैली परिर्वतन योग तथा आयुर्वेद टोल समुदाय सरसफाइ, मातृ शिशु सुरक्षा, पोषणमा स्थानीय उत्पादनलाई जोड दिने खालका कर्यक्रम समावेश गरिएको छ । सूर्तिजन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढी भएका कारण यससँग सम्बन्धित जानकारीसमेत गराइने छ । नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रर्वद्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान शुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताए ।

अभियानअन्तर्गत प्रतिबद्धतापत्रमा गाउँपालिका अध्यक्ष शमशेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताएका छन् । कार्यक्रमअन्तर्गत सातदिने स्वास्थ्य शिविर शुरु गरिएको छ । शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफैँ सामान्य बिरामीको जाँच गर्नसक्नेजस्ता पद्धति स्थानीयलाई जानकारी गराइने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *