आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए

डिसी नेपाल
१४ माघ २०७६ २२:४०

काठमडौं । ट्याङ्करमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्याङ्कर चालक मंगलबारदेखि काममा फर्केका छन् ।

नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच मंगलबार भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका हुन् ।

छलफलमा ट्याङ्कर चालकले राखेका माग एक महिनाभित्र सम्बोधन गर्न दुबै पक्षका प्रतिनिधिसम्मिलित एक समिति गठन गर्ने सहमति भएको छ । इन्धन ढुवानीका क्रममा ५० लिटरभन्दा बढी परिणाम कम भए दोब्बर जरिवाना गर्ने निगमको निर्णयको विरोध गर्दै ट्याङ्कर चालक आन्दोलनमा उत्रिएका थिए । अहिले १८१ टयाङ्करले भारतीय आयल कर्पोरेशनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ढुवानीका क्रममा हुने चुहावट रोक्न निगमले ‘लकिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको भए पनि चोरी पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।




प्रतिक्रिया

One thought on “आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए

  1. सिक्किम (१) पवन चाम्लिङ अलि झुटो र बनावटी कुरो पनि गर्दो रहेछ :- पवन चाम्लिङ ले भन्यो , ” सिक्किममा बसने हरु मिलेर नै , सिक्किम लाई भारत मा गाभेको हो ” भन्छ . सही कुरो के हो भोली जसरी पनि थाह हुन्छ। (२) पवन चाम्लिङ भन्छ , ” मेरो पुर्खाको देश नेपाल हो भन्छ। तर सिक्किम नेपालको हो भन्न सकेन , सिक्किम नेपालको हो भनेर थाहै छैना , कसरी भनोस ??? तेहि भएर , भारतीय हरुले , सिक्किम मा ” बसनेहरु नेपाली हैना भन्छ। चीनको गाऊ बाट भागेर आको रे ( हो त्यसैले , सिक्किम नेपालको हो भन्ने थाहै नभएको ) (३) पवन चाम्लिङ भन्छ , ” सिक्किम लाई एकचोटी भारत संग गाभी सकेको , अब फेरी छुट्याएर कता गाभने भन्छ ??? नेपालको भूमि हो सिक्किम , हजार चोटी पनि नेपालमै गाभिनछ। (४) पवन चाम्लिङ भन्छ , ” इतिहास change हुदैन, हामीले सिक्किम भारतमा गाभिसकियो भन्छ। सिक्किम नेपालको हैन जस्तो गरेर बोल्छ ? ( ५) ” सत्यम शिबम सुंदरम हो , सिक्किम नेपालको हो। तर , नेपालको हो भन्न लाज मानने !!! अच्चम , झुटै अगि बढला जस्तो बनावटी कुरो गर्छ। (६ ) स्वयम भारत लाई थाहा छ, ” सिक्किम नेपालकै हो भनेर ” . चीनको गाऊबाट भागेर आको भूटिया लेपचा हरुले , आकाश बाट झारेको सिक्किम हो ???? (७ ) सिक्किम नेपालको हो भनेर स्वीकार गर्न नसक्ने बनावटीहरुको पुस्ताको बिनास हुना सक्छ , तर सत्य मर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *