अभास्ट एंटी भाईरसले बेच्यो लाखौं प्रयोगकर्ताको डाटा

डिसी नेपाल
१५ माघ २०७६ १९:३६

एजेन्सी । जुन सफ्टवेयर तपाईँको कम्प्युटरलाई भाईरसबाट बचाउनको लागि प्रयोग गरिन्छ यदि सोही सफ्टवेयरले तपाईँको डाटा बेचिरहेको छ भन्दा कस्तो लाग्छ? अहिले यस्तै एक रिपोर्ट बाहिर आएको छ।

रिपोर्टअनुुसार एंटी भाईरस सफ्टवेयर अभास्टले लाखौं प्रयोगकर्ताको डाटा बेचेको छ। अभास्ट फ्री भर्जन एन्टी भाईरस सफ्टवेयरको लागि प्रख्यात रहेको छ र लाखौँ व्यक्तिले यसको प्रयोग गर्ने गरेका छन्। तर उक्त कम्पनीमाथि अब प्रयोगकर्ताको सम्वेदनशील डाटा बेचेको आरोप लागेको छ।

अभास्टको एक सहायक कम्पनी जम्पशट रहेको छ र यसैको माध्यमबाट प्रयोगकर्ताको डाटा बेचिएको हो। जसमा प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री पनि रहेको छ। यो सफ्टवेयरले प्रयोगकर्ताको क्लिकलाई पनि ट्रयाक गर्ने गरेको बताइएको छ। यस्तै गुगल सर्च, गुगल म्याप्सको गतिविधि पनि ट्रयाक गरेर यसको डाटा संकलन गर्ने गर्छ।

यतिमात्र नभई यसले लिंक्ड ईन पेज, युट्युब भिडियो र पोर्न वेवसाईट्सको पनि डाटा संकलन गर्दछ। मदरबोर्ड र पीसीम्यागले सार्वजनिक गरेको एक अनुसन्धानमा यी सबै कुराहरु बाहिर आएको हो। तर अभास्टले भने डाटा बिक्री गरेको कुरालाई अस्वीकार छ।

अभास्टका एक प्रवक्ताले जारी गरेको विज्ञप्तीमा जम्पशटले व्यक्तिगत जानकारी, नाम, इमेल ठेगाना र सम्पर्कको विवरण नलिने बताएका छन्। यस्तै उनले भनेका छन्,‘प्रयोगकर्तासँग आफ्नो डाटा जम्पशटसँग शेयरिंग बन्द गर्ने विकल्प हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *