अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना हुने

डिसी नेपाल
१६ माघ २०७६ १८:५२

काठमडौं । रोबोटिक्स एशोसिएशन अफ नेपालले अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना गरेको छ । एशोसिएशनले बिहीबार र शुक्रबार दुइदिन सम्म सञ्चालन हुनेगरी खेलकुद परिषद्को कबडहल त्रिपुरेश्वरमा अन्तर्राष्ट्रिय रोबोटिक्स कम्पिटिसन आयोजना गरेको हो ।

एशोसिएशनका अध्यक्ष विकास गुरुङले प्रतियोगितामा रोबोटहरुबीच भिडन्त हुने खेल ‘यन्त्र म्यानुअल अखडा’, रोबोटले आफै काम गर्ने प्रतियोगिता ‘यन्त्र अटोमेटिक अखडा’ र रोबोट फुटबल प्रतियोगिता भइरहेको जानकारी दिए । प्रतियोगितामा देश भित्रका ७५ भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन भने भारतबाट एक जना, बंगलादेशबाट २ जना र भुटानबाट २ जना टिमले सहभागिता जनाएको उनले बताए ।

अध्यक्ष गुरुङले प्रतियोगितामा रोबोट फुटबल र अटोमेटिक अखडा जित्नेले एक एक लाख रुपैयाँ र दोस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार जित्ने बताए । म्यानुअल अखडा जित्नेले १ लाख ५० हजार रुपैयाँ र दोस्रो हुनेले ५० हजार रुपैयाँ जित्ने उनले बताए ।

त्यस्तै पुल्चोक इन्जिनियरीङ क्याम्पसमा यही माघ १० गतेदेखि २२ गते सम्म साइन्सटेक इन्टरप्रिन्युरसीप फेस्टिभल आयोजना गरिएको समेत बताए । फेस्टिभलमा देशभरका इन्जिनियरीङ क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *