एसीसी इस्टर्न रिजन टि२० को लागि १८ खेलाडीको नाम सार्वजनिक

डिसी नेपाल
१७ माघ २०७६ २०:२२

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी इस्टर्न रिजन टी२० कप क्रिकेटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको छ । फागुन १५ देखि २३ गते सम्म हुने प्रतियोगिताको लागि क्यानले १८ खेलाडीको नाम सार्वजनिक भएको हो।

जसमा शेर मल्ल पहिलो पटक सिनियर टिमको १८ खेलाडीको सूचीमा परेका छन भने भुवन कार्कीले कमब्याक गरेका छन । यसपटक अनुभवी खेलाडी शरद भेषवाकर, बसन्त रेग्मी टिममा परेका छैनन् । सोमपाल कामी पुर्ण रुपमा ठिक नहुने भएकाले टिममा राखिएको छैन ।

इस्टर्न रिजनमा नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् । त्यस्तै वेस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन ९ देखी १६ सम्म ओमानमा हुने छ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् ।

इस्टर्न र वेस्टन रिजनका शीर्ष दुई दुई टोली गरी कुल चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । क्वालिफयारको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगिता खेल्ने छ । एसिया टि ट्वान्टी कपमा क्वालिफायर भएर आउने टोलीसँगै टेष्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

नेपाली टोलीः

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी (उप कप्तान), आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहोरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमल सिंह ऐरी र रोहित कुमार पौडेल

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *