महिला फोरम बेल्जियमद्वारा मिस नेपाल अनुष्का सम्मानित

डिसी नेपाल
१९ माघ २०७६ ७:०२

बेल्जियम । महिला फोरम बेल्जियमले मिस नेपाल अनुष्का श्रेष्ठ र हिडन ट्रेजर नेसनलका डाइरेक्टर प्रमोदरत्न कंसाकरलाई सम्मान गरेको छ।

महिला फोरम बेल्जियमकी संयोजक सुशिला खतिवडाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदीले मिस नेपाल अनुस्का श्रेष्ठको एक परोपकारी प्रोजेक्टको सहयोग बारेमा टिप्पणी गर्दै ८ मार्चमा मनाइने नारी दिवसलाई फरक र उपलब्धिमुलक तरिकाले मनाउन सुझाब दिएका थिए।

त्यस्तै मिस नेपाल श्रेष्ठले समेत आफ्नो नेतृत्वमा नेपालमा चलिरहेको परोपकारी अभियानमा सहयोग गर्न अनुरोध गरेकी थिइन्।

सोहि दिन महिला फोरमको औपचारिक बैठकद्वारा अन्तराष्ट्रिय नारी दिवस बेल्जियमको आन्त्वेर्पेनमा ८ मार्च आइतबार उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।

उक्त कार्यक्रम एनआरएनए महिला फोरम बेल्जियमकी उपसंयोजक सरिता खड्काले चलाएकी थिइन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *