टी २० विश्व वरियतामा नेपाल यथावत, खेलाडीको खस्कियो
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको पछिललो टी २० विश्व वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताक्रम अनुसार नेपाल १२ औं स्थानमा यथावत रहेको हो। नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ।
यसअघि पनि नेपाल टी २०विश्व वरियताको १२ औं स्थानमै रहेको थियो। टी २० तर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान रहेको छ।
टी २० को विश्व वरियतामा पाकिस्तान अहिले शीर्ष स्थानमा छ। त्यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन्।
टी २० को खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ। नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहेका छन्। यो भन्दा अगाडिको वरियतामा पारस ६० औं स्थानमा रहेका थिए। ब्याटिंगतर्फ टप १०० पर्ने पारस एक्लो नेपाली खेलाडी हुन्।
बलिङतर्फ सन्दीप लामिछानेको वरियता घटेको छ। अघिल्लो पटक ८३ औं स्थानमा रहेका सन्दीप लामिछाने नयाँ वरियतामा ८५ औं स्थानमा झरेका छन्। बलिंगतर्फ वरियतामा समावेस हुने उनी एक्लो नेपाली खेलाडी हुन्। सोमपाल कामी र करण केसी लामो समय वरियतामा समावेस भए पनि उनीहरु पछिल्लो समय टप १०० भित्र पर्न सकेका छैनन्।
अलराउण्डतर्फ भने पारस यथावत २७ औं स्थानमा रहेका छन् भने सोमपाल कामीले ६५ औं स्थान बनाउन सफल छन्।
अलराउण्डरतर्फ करण केसीले एक स्थान सुधार गर्दै ७५ औं स्थानमा उक्लिन सफल भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment