छिन्नमस्ता मन्दिर परिसर सौन्दर्यीकरण गरिँदै

राजविराज । छिन्नमस्ता भगवती मन्दिर परिसरलाई सौन्दर्यीकरण गर्न कार्यक्रम शुरुआत गरिएको छ।

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गरे।

‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत करिब रु छ करोड ३० लाखको लागतमा मन्दिर परिसरमा रहेको पोखरी, धर्मशालालाई सौन्दर्यीकरण गर्न लागिएको जनाइएको छ।

आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position