परालभित्र लुकाई छिपाई राखेका २ बन्दुक बरामद

डिसी नेपाल
२३ माघ २०७६ १२:२०

झापा । बाह्रदशी गाउँपालिका–२ सालघारीस्थित खेतबारीमा रहेको परालको कुन्यूमा लुकाई छिपाई राखेको भरुवा बन्दुक २ थान बुधबार राति प्रहरीले बरामद गरेको छ।

भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालको कुन्यू खानतलासी गर्दा उक्त बन्दुक फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *