झापाबाट स्वस्थ जीवन प्रवद्र्धन अभियान सुरु

डिसी नेपाल
२५ माघ २०७६ १९:५५

विराटनगर । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले स्वस्थ जीवन प्रवद्र्धन अभियान २०७६ शुरु गरेको छ । आम नागरिकले स्वस्थ जीवन जीउन नसक्दा नसर्ने खालका उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता विभिन्न घातक रोगले गाँज्दै लगेको अवस्थामा यस अभियान शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरले झापाको भद्रपुरबाट औपचारिकरुपमा शनिबार अभियानको उद्घाटन गर्दै निरन्तर शारीरिक व्यायमसहितको ताजा र शुद्ध खानपीनले नै स्वस्थ्य जीवन जीउन सकिने बताए।

उनले हरेक परिवारको घरको भान्सामा सुधार नआएसम्म मानिसको स्वास्थ्यमा सुधार नआउने बताउँदै सबैलाई सचेत रहन र खानपिनमा विशेष ध्यान दिन आग्रह गरे। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, उपप्रमुख चन्द्रा श्रेष्ठले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *