कोरोनाभाइरस: हङकङ क्रुजमा फँसेका मानिसहरू परीक्षणपछि बाहिर निस्कए
बीबीसी । हङकङमा चार दिनसम्म क्रुजमा फसेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि त्यहाँबाट बाहिर निस्कन अनुमति दिइएको छ।
अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् उक्त भाइरस पानीजहाजमा फैलिएको हुनसक्ने आशङ्कामाझ वर्ल्ड ड्रीम क्रुजका करिब तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।
जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि त्यसलाई निगरानीमा राखिएको छ। चीनमा देखापरेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।
सङ्ख्या बढ्दै
यो सङ्ख्या यसअघि स्वासप्रश्वासमै समस्या देखिने सार्सले मारेको मानिसहरूको भन्दा बढी हो। सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी सात सय ७४ जनाको ज्यान गएको थियो।
क्षेत्रीय स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै सात सय ८० जनाको ज्यान गइसकेको छ।त्यस्तै विश्वभर संक्रमित हुनेको सङ्ख्या ३४ हजार ८ सय भन्दा बढी पुगेकामा धेरैजसो भने चीनकै छन्।
प्रतिबन्ध कायमै
कोरोनाभाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारी गर्दैछन्। यद्यपि ठूलो सङ्ख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहनेछन् र धेरै मानिसले घरबाटै काम गर्ने ठानिएको छ।
राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द रहने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। हुबे प्रान्तका धेरै ठाउँ अझै पनि बन्द नै छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment