वर्षालाई मनपर्यो विपिनको ‘सेल्फी किङ’

डिसी नेपाल
२७ माघ २०७६ १२:१२

काठमाडौं। अभिनेत्री वर्षा राउतले विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’ले आफ्नो मन छोएको बताएकी छिन्।

आइतबार राजधानीको कुमारी हलमा फिल्म हेरेपश्चात वर्षाले भनिन्, –‘फिल्म एकदमै मनपर्यो। फिल्म हेरिरहँदा धेरै दृश्यहरुमा भावुक भएँ। विपिनदेखि सबै कलाकारहरुको काम राम्रो लाग्यो।’

उनले फिल्मको निर्देशक नयाँ भएपनि त्यस्तो नदेखिएको बताइन्। वर्षाले फिल्मको कथा धेरै कलाकारहरुको वास्तविक जिवनसंग मेल खान सक्ने बताइन्। ‘सेल्फी किङ’ आम जनताले हेर्नुपर्ने फिल्म भएको समेत वर्षाले बताइन्।

वर्षाले विपिनसँग तीनवटा फिल्ममा सहकार्य गरेकी छिन्। ‘जात्रा’, ‘गोपी’ अनि ‘जात्रै जात्रा’मा यी दुईले सहकार्य गरेका थिए।

विशाल सापकोटा निर्देशित ‘सेल्फी किङ’मा विपिन एक टेलिभिजनमा कार्यरत एक चर्चित हास्यकलाकारको भूमिकामा छन्। हास्य कलाकारको भित्री पीडा र बाहिरी कर्तव्यलाई फिल्ममा समेटिएको छ। दिनेश राउत र शुभाष थापाले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्।

फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, अभय बराल, भुवन चन्द लगायतको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *