ओस्कारः पहिलोपटक गैरअंग्रेजी फिल्म सर्वोत्कृष्ट, ओबामाको फिल्मले पनि जित्यो अवार्ड

डिसी नेपाल
२७ माघ २०७६ १३:२६

काठमाडौं। ९२ औं एकेडेमी अवार्डमा पहिलो पटक गैर अंग्रेजी फिल्मले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । आइतबार राती हलिउडको डल्बी थिएटरमा आयोजित समारोहमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’लाई सर्वोत्कृष्ट फिल्म घोषित गरियो । अहिलेसम्म अंग्रेजी बाहेक अन्य भाषाका कुनै पनि फिल्मले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्न सकेका थिएनन् । ‘प्यारासाइट’ले यसवर्ष इतिहास रच्यो ।

यो फिल्मले सर्वोत्कृष्ट फिल्मसँगै, सर्वोत्कृष्ट वास्तविक पटकथा, सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचरको अवार्ड पनि जितेको छ । उत्कृष्ट अभिनेताको अवार्ड ‘जोकर’को लागि वाकिन फिनिक्लाई दिइयो । फिल्म ‘जुडी’को लागि रिनी जेलवेगरले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको निर्माणमा बनेको फिल्म ‘अमेरिकन फ्याक्ट्री’ले सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जित्यो ।

सर्वोत्कृष्ट सपोर्टिङ अभिनेताको अवार्ड ‘वन्स अपन अ टाइम इन हलिउड’का लागि ब्राड पिटलाई, सर्वोत्कृष्ट सपोर्टिङ अभिनेत्रीको अवार्ड ‘म्यारिज स्टोरी’को लागि लारा डर्नलाई, बेस्ट ओरिजिनल सङग अवार्ड फिल्म ‘रकेटम्यान’को ‘आइ एम गोना लभ मी’ गीतका लागि एल्टन जोनलाई, बेस्ट ओरिजिनल स्कोर अवार्ड ‘जोकर’का लागि हिल्डर गुड्नाटोडिरलाई दिइयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *