आदित्य–नेहाको बिहेमा ३ दिन बाँकी रहँदा उदितनारायणले दिए झट्का, नहुन सक्छ बिहे

डिसी नेपाल
२८ माघ २०७६ १०:३२

मुम्बइ। गायन रियालिटी शो इण्डियन आइडल सधैं चर्चामा रहन्छ । यस सिजन शोमा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धको चर्चा भइरहेको छ । यी दुईको बिहे यही वर्षको भ्यालेन्टाइनमा हुने भनिएको थियो । भ्यालेन्टाइन आउन ३ दिन मात्र बाँकी छ । यस बीचमा शोमाथि टिआरपी बटुल्नको लागि नाटक गरिएको पनि आरोप लागेको थियो । अहिले यो आरोपमा सत्यता हुन सक्ने संकेत देखिएको छ ।

आदित्य नारायणका पिता उदितनारायणले एक्कासी बिहेको निर्णयबारे केही समय पर्खन भनेका छन् । एक मनोरन्जन पोर्टलसँग कुरा गर्दै उदित नारायणले भने ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उसको बिहेको प्रतिक्षा गरिरहेका छौं । यदि बिहेको हल्ला सत्य भएमा हामी संसारका भाग्यमानी मातापिता हुनेछौं । तर आदित्यले यसबारे हामीलाई केही भनेका छैनन् ।’

उदितले अगाडि भने ‘मलाई लाग्छ नेहा र आदित्यको बिहेको हल्ला टिआरपीको लागि उडाइएको हो । यहाँ नेहा जज छिन् र मेरा छोरा एंकर छन् ।’ शोमा आदित्य नारायणले नेहा कक्कडसँग बिहेको लागि स्वीकृति दिएका थिए । आदित्यले नेहासँग १४ फेब्रुअरीमा शोमै बिहे गर्ने बताएका थिए । च्यानलले यी दुईको बिहेको कार्ड पनि छापेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *