गृहमन्त्रीका गार्डको गोली लागेकी पत्रकारलाई चार लाख क्षतिपूर्ति

डिसी नेपाल
२८ माघ २०७६ ११:४४

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा झापा जाँदा अकास्मात चलेको गोली लागेर घाइते भएकी पत्रकार सुनिरा मैनालीलाई गृहमन्त्र कै प्रस्तावमा मन्त्रिपरिषद बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको छ।

२०७५ साल फागुन १ गते गृहमन्त्री थापाको झापा भ्रमणका क्रममा गृहमन्त्री थापाका सुरक्षाकर्मीले बोकेको शटगनबाट अचानक गोली लाग्दा पत्रकार सुनिरा मैनाली घाइते भएकी थिइन्। उनको देब्रे खुट्टाको कान्छी औंलामा गोली लागेको थियो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा जिल्ला सुरक्षा समिति झापाको सिफारिसमा गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा पत्रकार मैनालीलाई तीन लाख ८९ हजार १ सय ५८ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो।

गृहमन्त्रीको प्रस्तावप्रति प्रधानमन्त्रीको ‘जोक’

गृहमन्त्री थापाले सबै घटना विवरण सुनाउँदै पत्रकार मैनालीलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेका थिए। गृहमन्त्रीको प्रस्ताव ध्यान पूर्वक सुनेका प्रधानमन्त्री केपी ओलीले अन्तिममा जोक गर्दै भनेका थिए–घटना समान्य रहेछ। यसो बायाँ खुट्टामा गोलीका सामान्य छर्रा लागेर छाला गएको रहेछ। तै पनि क्षतिपूर्तिको प्रंस्ताव ल्याउनु भएछ!’

यसैगरी मन्त्रिपरिषद बैठकले न्याय सेवाका अधिकृत रणबहादुर कटुवालसहितलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ। यसै गरी गत उपनिर्वाचनका क्रममा अछामको मलेख गाउँपालिका–५ विन्दावासिनीमा २०७६ साल मंसिर १४ गते भएको प्रहरीसँगको झडपमा घाइते भएकाहरु गम्भीर साउद, मोहन साउद, रामबहादुर साउद र नरबहाखदुर साउदलाई उपचार खर्च दिने निर्णय गरेको छ।

उनीहरुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भएको थियो। उनीहरुलाई उपचार र कुरवा खर्च २ लाख ८३ हजार ५ सय ८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *