पाकिस्तानसँग परराष्ट्र सचिव स्तरीय वार्ता गर्ने सरकारको निर्णय

डिसी नेपाल
२८ माघ २०७६ ११:५६

काठमाडौं। भारतसँगको सीमा विवादका विषयमा सचिवस्तरीय संयन्त्रयको बैठक माग गरेपनि भारतले वेवास्ता गरिरहेका बेला नेपाल र पाकिस्तानका परराष्ट्र सचिवहरुको बीचमा भने वार्ता तय भएको छ। बैठक पाकिस्तानमा हुने तय भएको छ।

‘द्विपक्षीय परराष्ट्रसचिव स्तरीय परामर्श संयन्त्र’ नाम दिइएको सो बैठकका लागि परराष्ट्रसचिव शंकरदास बैरागी फागुन १० गते पाकिस्तानको इस्लामाबाद जाने भएका छन्। परामर्श बैठक फागुन १२ र १३ गतेका लागि तय भएको छ।

पराराष्ट्र स्रोतका अनुसार सो बैठकमा सार्कको निष्कृयता र त्यसको असरबारे छलफल हुने बताइएको छ। नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो। नेपालले अब सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्नुपर्नेछ।

२०१४ मा काठमाडौंमा भएको शिखर सम्मेलनबाट अध्यक्षता लिएको नेपालले २०१६ मा इस्लामाबादमा अर्को शिखर सम्मेलनमा पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने तय थियो। तर, भारतले पाकिस्तान जान अस्वीकार गरेसँगै बंगलादेश र भुटान पनि पछि हटेपछि यो शिखर सम्मेलन हुन सकेन।

भारतले सार्कको वैकल्पिक संगठनको रुपमा बिमिस्टेकलाई अगाडि बढाउने प्रयास गरिरहेको छ। बिमिस्टेकमा पाकिस्तान सहभागी छैन र भारतले यसैलाई क्षेत्रीय संगठनको रुपमा स्थापित गराउने प्रयास गरिरहेको छ।

त्यसपछि अहिलेसम्म शिखर सम्मेलन हुन सकेको छैन र नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन । भारतले पाकिस्तानलाई क्षेत्रीय सहकार्य भन्दा बाहिर राख्न सार्कका गतिविधिहरु अगाडि बढाउन दिएको छैन। पाकिस्तानलाई बाइपास गर्ने प्रयासमा सार्कलाई नै निष्कृय पार्ने प्रयास गरिरहेको छ।

भारतले सार्कको वैकल्पिक संगठनको रुपमा बिमिस्टेकलाई अगाडि बढाउने प्रयास गरिरहेको छ। बिमिस्टेकमा पाकिस्तान सहभागी छैन र भारतले यसैलाई क्षेत्रीय संगठनको रुपमा स्थापित गराउने प्रयास गरिरहेको छ।

सचिवसँग जाने वार्ता टोली फागुन १४ गते नेपाल फर्किने र परराष्ट्र सचिव बैरागी भने संयुक्त अबर इमिरेट्सतर्फ जानेछन्। युएईमा नेपाली कामदारको अवस्थाबारे अध्ययन गर्ने गरी उनलाई त्यसतर्फ पठाउन लागिएको हो। परराष्ट्र स्रोतले पाकिसतानसँगको वार्ता र सचिव बैरागीको युएई भ्रमणबारे प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइसकेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *