तीन देशका लागि ५१ लाखमा बिक्यो ‘प्रेम गीत ३’
काठमाडौं। यस वर्षको प्रतिक्षितमध्येको चलचित्र ‘प्रेम गीत ३’को विदेश राईट्स चर्को मूल्यमा बिक्री भएको छ।
नर्थ अमेरिकाको क्यानडा, मेक्सीको र अमेरिकाको लागि ४५ हजार अमेरिकी डलर अर्थात ५१ लाख बढी नेपाली मूल्यमा राईट्स बिक्री गरिएको हो। यी देशहरुका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवम् विभिन्न चलचित्रमा काम गरिसकेका नवराज श्रेष्ठले राईटस् सोमबार खरिद गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए।
अभिनेता प्रदीप खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘प्रेम गीत–३’ आगामी चैत २८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। केही दिनअघि मात्रै चलचित्रमा समावेश गीत ‘हात्ती ढुँगामा’ सार्वजनिक गरिएको छ।
चलचित्रको विदेश माग बढिरहेको बताउँदै अब युरोप एवम् अष्ट्रेलिया राईट्स पनि बिक्रीका लागि कुरा भैरहेको निर्देशक सेन बताउँछन्।
चलचित्र ‘प्रेम गीत ३’लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment