एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड लगायतका नवीन सेवा दिने

डिसी नेपाल
२९ माघ २०७६ १०:५१

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ टुल लगायतका सेवाहरु नेपालीकम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।

गतहप्ताआयोजित एक कार्यक्रममाविभिन्न बंैक, व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढि प्रतिनिधीतथाअधिकारीहरुकामाझएनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागिमाइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो।

यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु-अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँनआफ्नो ध्यान केन्द्रित गर्नेछ ।

अफिस थ्रिसिक्स्टि फाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरुमाप्रभावकारीता थप्दछ र कार्यलयमासबैलाई अझप्रोडक्टिभ बन्दै प्रभावकारीरुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ।

यसले जानकारीहरु पत्तालगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजनाहरु बनाई प्रशासनिककामहरुमालाग्ने सयम घटाई चुस्त रुपमाकार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढि समय अझनवीनकार्यहरुमालगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् ।

त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमाल्याउनप्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवाहो ।

यो सेवाप्रयोग गर्ने कम्पनीकाआईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् ।

त्यस्तै कार्यलयभित्रएकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवामाइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रो सफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमाफाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ ।

उक्त कार्यक्रममा आमन्त्रितहरुलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने प्रद्धति व्यापकरुपमा परिवर्तन भईरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यलय भवनमा मात्रसिमितनभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ ।

एनसेल र माइक्रोसफ्टले तिब्र रुपमाविकास भईरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमाध्यान केन्द्रितगर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्रदुवै कम्पनीहरुकालाति एक रणनीतिक बजार हो ।”

“नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवाप्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको हो,” दक्षिण एसियाकालागिमाइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्हफामले भने ।

“शुरुवातको चरणमा क्लाउड सेवा सानातथामझौलाउद्यम, व्यवसायहरु लगायतका क्लाइन्टहरुलाई दिने छौं । यो सहकार्यले नेपालको डिजीटल ईकोसिस्टम विकासमा योगदान पुर्याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमापाउँनेछन्।”

यस रणनीतिक सहकार्य पश्चातगाहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र सफ्टवेयर प्रविधिहरुमाप्रभुत्वजमाएको माइक्रोसफ्टका नयाँकोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरु लिन सक्नेछन्।

यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउँन योगदान गर्नेछ । विभिन्न डिभाइसहरुको प्रयोगमार्फत यी टुल्स्ले कम्पनी, समुह र व्यक्तिहरुलाई रियल टाइममा समन्वयगर्दै तदारुकताका साथकार्यहरु गर्न सहजीकरण गर्दछ ।

विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्स्तरको कनेक्टिभीटी र डिजीटाईजेसनको लाभप्रदान गर्ने कम्पनीको प्रतिवद्धता बमोजिमएनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमाल्याएको हो।

यी सेवाहरुले नेपालका सानातथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्यप्राप्ति गर्न सहगोग पुर्याउने विश्वास लिईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *