सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
उनले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए ।
सामुदायिक रेडियो प्रसारक सङ्घले नवौँ विश्व रेडियो दिवसका अवसरमा मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा व्याप्त कुरीतिहरुको न्यूनीकरणमा पनि रेडियोले महत्वपूर्ण योगदान निर्वाह गरेको उल्लेख गरे ।
उनले सबैको पहुँचमा रहेको प्रमुख सञ्चारमाध्यम रेडियोबाट प्रसारण हुने जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सामुदायिक रेडियोको यस अभियानमा प्रदेश सरकारसमेत सहयात्री बन्ने प्रतिबद्धता जनाए ।
कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रूपान्तरणको क्षेत्रमा गरेको कार्यहरुबारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोको रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोलाई सशक्त बनाउन प्रदेश सरकार आगामी दिनमा रणनीति नै बनाएर अघि बढने स्पष्ट पारे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment