बुद्धिको ‘धुलो’ फागुन १६ मा

डिसी नेपाल
२९ माघ २०७६ १२:२८

काठमाडौं। नेपाली कथानक चलचित्र ‘धुलो’ को पोस्टर, गीतसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

सामाजिक विषयवस्तुमा बनेको प्रद्युम्न मिश्र निर्देशित चलचित्र आउँदो फागुन १६ गतेबाट प्रदर्शनमा आउने भएको हो।

सुकुम्बासी बस्तिका गरिब रिक्सा चालकको सपना, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, श्रृजना सुब्बा शिर्ष भूमिकामा प्रस्तुत छन्। साथमा प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदीप कार्की लगायतको अभिनय रहेको छ। नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाले चलचित्रमा विशेष भूमिका निर्वाह गरेको निर्माण टिमले बताएको छ।

दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।

सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन छ। च्लचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *