बसको ठक्करबाट नायिका महिमा सिलवालसहित २ जनाको मृत्यु

डिसी नेपाल
१ फागुन २०७६ ९:३१

काठमाडौं । धादिङमा बसको ठक्करबाट एक नायिकाको मृत्यु भएको छ ।

धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा बुधबार साँझ भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५६ नम्बरको स्कुटर ठोकिँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका नायिका महिमा सिलवाल र शर्मिला सिलवालको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले डिसी नेपाललाई बताए ।

खड्काका अनुसार, चितवनको गीतानगर घर भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौँमा ज्यान गएको हो ।

प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। नायिका महिमा एक दशकदेखि नेपाली चलचित्रमा सक्रिय थिइन्। उनले ‘सकस’, ‘दानव’, ‘ब्याइफ्रेण्ड’, ‘सुब्बा साव’ लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *