कोरोनाभाइरस संक्रमणको पहिचान गसरी गर्ने ? यस्ता हुन्छन् सुरुवाती लक्षण

डिसी नेपाल
१ फागुन २०७६ ११:२४

काठमाडौं। कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १३५० भन्दा बढी भइसकेको छ । विश्वभर अहिलेसम्म करिब ४५ हजार मानिसहरुमा कोरोनाको संक्रमण भइसकेको छ । यसको प्रकोप बढेसँगै यको पहिचान कसरी गर्ने भन्ने विषयमा चासो बढेको छ । एक नयाँ रिपोर्टका अनुसार वुहानको एक अस्पतालमा कोरोनाभाइरसबाट संक्रमित १३८ जनाको उपचार गरियो । यस क्रममा स्वास्थ्यकर्मीहरुले भाइरससँग सम्बन्धित केही रहस्यमय प्रश्नहरुको जवाफ पाएका छन् । साथमा यो पनि थाहा भएको छ कि भाइरस पूरै अस्पतालमा कसरी फैलियो ?

वुहान विश्वविद्यालयको झोगनान अस्पतालका डाक्टर झियोंग पेंगका अनुसार उनको टिमले अहिलेसम्म करिब ४० प्रतिशत संक्रमित रोगीहरुको उपचार आफ्नो अस्पतालमा गरेका छन् । यसको लागि यहाँ ४० हेल्थ केयर प्रोफेशनलको सहयोग लिइएको थियो ।

के हुन्छन् सुरुवाती लक्षण ?

कोरोनाभाइरसबाट संक्रमित व्यक्तिमा सुरुवाती लक्षण निकै साधारण हुन्छन् । यस क्रममा व्यक्तिलाई ज्वरो आउँछ र धेरै थकान महुस हुन्छ । साथमा रोगीलाई सुख्खा खोकी पनि लाग्छ । यसका अलावा केही व्यक्तिहरुलाई पखालाजस्तो लक्षण पनि देखिन्छ । कोरोनाभाइरस संक्रमण भएपछि मानिसको घाँटीमा निकै समस्या आउन थाल्छ । यो भाइरसको जेनेटिक मटेरियललाई पोलिमर चेन रिएक्सनका माध्यमबाट पहिचान गर्न सकिन्छ । कोरोनाभाइरसबाट संक्रमित केही बिरामीहरुको सिएटी स्क्यानरबाट जाँच गर्दा उनीहरुको फोक्सोमा केही धब्बा देखिए । मेडिकल भाषामा यसलाई ‘ग्राउण्ड ग्लास’ भनिएको छ ।

कोरोनाभाइरसबाट संक्रमित केवल २५ प्रतिशत मानिसहरुलाई मात्र आइसीयूमा भर्ना गरिएको छ । यी मानिसहरु एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमको शिकार भएका छन् । यो स्थितिमा फोक्सोमा एक प्रकारको फ्लूड भरिन्छ र फोक्सोमा अक्सिजन पुग्न पाउँदैन । त्यसपछि मृगौला बिग्रिन्छ र मानिसको मृत्यु हुन्छ । यो भाइरस ती व्यक्तिहरुका लागि अत्यन्तै घातक छ जो पहिलेदेखि नै कमजोर छन् । डाक्टरहरुका अनुसार पाका मानिहरुलाई यो भाइरस धेरै खतरनाक छ । उनको अस्पतालमा अहिलेसम्म २२ देखि ९२ वर्षसम्मका रोगी आएका छन् जसमा ५६ वर्षका रोगीको संख्या सबैभन्दा धेरै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *