कुनै हालतमा श्रीमतीलाई पैसा दिन्न भन्दै यी व्यक्तिले जलाइदिए ११ करोड

डिसी नेपाल
१ फागुन २०७६ १२:४८

काठमाडौं। एक श्रीमान आफ्नी श्रीमतीको प्रताडनाबाट यतिसम्म हैरान भएका थिए कि उनले श्रीमतीलाई डिभोर्स दिए । यतिमात्र होइन सम्बन्धविच्छेदपछि श्रीमतीलाई पैसा दिनु नपरोस् भनेर उनले १० लाख डलर (करिब साढे ११ करोड नेपाली रुपैयाँ) आगो लगाएर जलाइदिए । यो घटना क्यानडाको ओटावाको भएको फक्स न्यूजको समाचारमा उल्लेख छ

यहाँका ५५ वर्षका व्यापारी ब्रुस मेककनभिलेले यति ठूलो रकम केवल यसकारण जलाइदिए किनकि उनी यो रकम पत्नी र छोराछोरीलाई दिन चाहँदैनथे । ब्रुसले क्यानडाको ओटावामा अदालतमा न्यायाधीशको अगाडि बताएअनुसार बिहेपछि पनि उनको श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । तर, केही समयपछि यो असमझदारी यति बढ्यो कि सम्बन्धविच्छेद गर्नुपर्यो । तर सम्बन्धविच्छेदको प्रक्रिया चलिरहँदासम्म उनी निकै चिढिइसकेका थिए ।

उनका अनुसार उनी कुनै पनि हालतमा पत्नीलाई पैसा दिन चाहँदैनथे । त्यसैले उनले पैसा जलाइदिएका थिए । अदालतमा ब्रुसले बताएअनुसार उनले १० लाख डलर २५ पटक फरक फरक बैंकबाट निकालेर जलाएका थिए । उनको दावीअनुसार उनीसँग निकालिएको रकमको रसीद अहिले पनि छ । ब्रुसको बयानपछि अदालतले यसलाई अदालतको अवहेलना भएको ठहर गर्दै उनलाई ३० दिनको जेल सजाय सुनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *