सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम: महानिरीक्षक ज्ञवाली

डिसी नेपाल
१ फागुन २०७६ २२:००

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालयबाट बिहिबार भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उहाँले नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताका साथ परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन प्रदेश प्रमुखलाई निर्देशन दिए । आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकताअनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत कानूनी कारवाही अगाडि बढाउनुपर्ने बताउँदै सबै प्रदेशका प्रहरी प्रमुखले आआफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिका साथ लाग्नुपर्नेमा जोड दिए ।

प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै उनले हिंसाजन्य क्रियाकलापमा प्रहरीको सङ्लग्नता क्षम्य नहुने बताउँदै उनले राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ लाग्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *