प्रेम दिवसमा युवायुवतीको गुनासो : डेटिङ जाने ठाउँ नै छैन
फाइल फाेटाे।
काठमाडौं।भ्यालेनटाइन डे अर्थात प्रेम दिवसका दिन काठमाडौंमा डेटिङ जाने ठाउँ नभएको युवायुवतीले गुनासो गरेका छन्। काठमाडाैंकाे बसन्तपुरमा भेटिएका युवा युवतीहरुले डेटिङ जानलाई एउटा गतिलो पार्क पनि नभएको गुनासाे गरेका हुन्। काठमाडौंमा रहेका केही पार्कहरुमा माया साटासाट गर्न उपयुक्त नभएकाे उनीहरुकाे गुनासाे छ।
नाम उल्लेख नगर्ने शर्तमा एक जोडीलेकाठमाडौं भित्र उचित ठाँउ नभेटेपछि प्रेम दिवस मनाउन गोदावरी पुग्ने बताए। उनीहरु भन्छन् , “रत्नपार्क, शंखपार्क जस्ता पार्क त छन् तर त्यहाँ पार्किङको समस्या हुन्छ,एकदमै भिड हुन्छ, खासै सुरक्षित पनि छैन त्यसैले हामी चाहिँ गोदवारी नै जाने।”
काठमाडौंमा मानिसको तुलनामा पार्कहरु कम रहेको त्यसमा पनि उचित पार्किङ नभएको, केही खानेकुरा पनि नपाइने, कोलाहल बढी भएका कारण काठमाडौं भित्रका पार्कमा डेटिङ जाने वातावरण नै नभएको उनीहरुले बताए।
माया गर्ने जोडीहरुका लागि प्रेम दिवस विशेष दिन हो। आफ्नो माया प्रकट गर्न र माया साटासाट गर्नका लागि प्रेम दिवसका दिन युगल जोडीहरु कुनै पार्क तथा एकान्त ठाँउ खोज्छन्। तर काठमाडौंमा भने यस्ता ठाँउहकाे कमी रहेकाे उनीहरुकाे गुनासाे छ।
काठमाडौं महानगरपालिकाले युवायुवतीहरुको गुनासोलाई मध्यनजर गर्दै प्रत्येक वडामा पार्क निर्माण योजना अघि बढाइसकेको र पुरानाे रत्नपार्क, युएनपार्क, कमलपोखरीपार्क, मित्रपार्क,शंखपार्क र बाइसधारा पार्कलाई पनि स्तरोन्नती गर्न सुरु गरिसकेको र अर्को वर्षसम्ममा केटाकेटी , युवायुवती , बुढाबुढी जोकोही पनि पार्कमा बस्न पाउने काठमाडौं महानगरपालिकाका प्रवक्ता केदार न्यौपानेले बताए।
No ads found for this position


Facebook Comment