प्रेम दिवसको फाइदा उठाउला ‘लभ डायरीज’ले ?
काठमाडौं। भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर आज शुक्रबारदेखि नेपाली चलचित्र ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ। चलचित्रमा युवा युवतीको प्रेम र विछोडको कथा समेटिएको निर्माण पक्षले जनाएको छ।
सौरभ चौधरी निर्देशकीय डेब्यू चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा शीर्ष भूमिकामा छन्। त्यस्तै विश्वजित रिमाल पनि शीर्ष भूमिकामा छिन्। अभिनेता सुशील चलचित्रलाई दर्शकले मन पराउने बताउँछन्। ‘होस्टेल रिर्टन्स’बाट चलचित्रमा डेब्यु गरेका श्रेष्ठले ‘सायद २’, ‘कारखाना’, ‘बादशाह जुट’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्। ‘लभ डायरीज’मा सुशीलको अपोजिटमा छिन्, रुविना थापा। उनी पनि चलचित्रबाट निकै आशावादी छिन्।
निर्देशक सौरभ ‘लभ डायरीज’ प्रेम दिवसको मिठो उपहार रहेको बताउँछन्। चलचित्रमा विश्वजित रिमाल पनि शीर्ष भूमिकामा छिन्। विनोद सापकोटा चलचित्रका निर्माता हुन्।
बुधबार राजधानीमा गरिएको प्रिमियरमा चलचित्रलाई अधिकांशले उत्कृष्ट प्रेमकथानक चलचित्र भएको प्रतिक्रिया दिएका दिए। प्रिमियरमा अधिकांशले मेकिङ, कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका थिए। उक्त प्रतिक्रियाबाट अभिनेता सुशील र नव–अभिनेत्री रुविना थप उत्साहित छन्।
के प्रेममा आधारित ‘लभ डायरीज’ले प्रेम दिवसको फाइदा उठाउला त ? निर्माण टिम भने दर्शकको माया पाउनेमा पूर्ण विश्वस्त छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment