अमेरिकी रक्षा प्रणाली भारतलाई बिक्री गर्ने विषयमा पाकिस्तानद्वारा चिन्ता व्यक्त

इस्लामाबाद । अमेरिकाले भारतलाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई अनुमोदन गरेकोमा पाकिस्तानले गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानले यस निर्णयबाट अस्थिर क्षेत्रमा हतियारको होड उत्पन्न गर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै हप्ता एकीकृत वायु रक्षाप्रणाली भारतलाई एक अर्ब ८६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

“भारतलाई एकीकृत वायु रक्षा प्रणालीअन्तर्गत वैदेशिक हतियार बिक्रीबारे अमेरिकी विदेश मन्त्रालयले अनुमोदन गराएको सूचना पाकिस्तानले पाएको छ,” पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“यतिबेला भारतलाई यस प्रकारको अत्याधुनिक हतियार प्रणाली बिक्री गर्ने कुराले अस्थिर अवस्थामा रहेको यस क्षेत्रलाई झन् बढी अस्थिर बनाउने छ,” पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अइसा फारूकीले भनिन् ।

फारुकीले पत्रकारसँगको नियमित साप्ताहिक सम्मेलनमा अमेरिकाको निर्णयले ‘दक्षिण एशियाको रणनीतिक सन्तुलनलाई पाकिस्तान र यस क्षेत्रका लागि गम्भीर सुरक्षाको असरमा खलल पार्ने’ बताईन् ।

फारुकीले भनिन्, “दक्षिण एशियाले हतियारको दौड र द्वन्द्व सहन सक्दैन, यसैले यस क्षेत्रको अस्थिरता रोक्न अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहन्छ ।

यस हप्ताको शुरूमा अमेरिकाको सुरक्षा सहयोग एजेन्सीले एउटा सूचना जारी गरी दुई देशहरूबीचको सहयोगलाई सुदृढ पार्न र भारतीय वायु रक्षा संरचनाको विद्यमान सङ्गठनलाई आधुनिकीकरण गर्न भारतसँगको सम्झौतालाई राज्य विभागले अनुमोदन गरेको बतायो ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position