निकथा : कान्छीमाया

कान्छीमायाको मलामी गएर फर्किएँ । मन रोइरह्यो । उनी मेरी वाल सखी र सहपाठी । अब यो जगतमा रहिनन् भन्दा सजिलो पनि लाग्दैन ।

यदि आत्मा अमर छ भने उनी बा“चेकी हुनुपर्छ । मन थाम्ने कुरा यति नै हो । त्यो पनि असाध्यै झिनु र आत्मपरक विषय जस्तो लाग्छ ।

भन्छन्, मृत्यु—समय जन्मँदै तोकिएर आएको हुन्छ । वुद्धलाई मात्र थाहा थियो त्यो क्षण, र उनी त्यस क्षणको पर्खाइमा आनन्दले बस्थे ।

बुद्ध सबै हुन सक्दैनन् । कोरना नामको नयाँ रोग जन्मन्छ, फैलन्छ र कान्छीमायालाई लैजान्छ भन्ने सत्य लेखिएकै थियो छ र ? मलाई यो हावा कुरा लाग्छ । मन मान्दैन ।

सानु तन्तु समाएर एकछिन घोरिए । कोरोनाले समाउला र मरिएला भन्ने डरले उनी चीनबाट फर्किएकी होइनन् र ? के त बाँच्नकै लागि उनी फर्किएकी थिइन् ? फेरि यो जगत छोडिन किन ?

अनी उनले नछोड्दा नछोडिने थियो त यो जगत ?

उनी चीनमा नै बसेकी भए बँचेकै हुने थिइन् । यस्तो लाग्छ मृत्युवरण गर्न चाहेर उनी नेपाल फर्किएकी हुन् ।

यस माटाको संस्कृति त यो पनि हो– नङ दुख्यो त उपचारका लागि जेट चढ्छन् ।

नव धनिक र आफ्नो पैसाले आफ्नो उपचार नगर्नेहरु आफ्नो देशमा उपचार किन गराउँथे र ? कान्छीमायाले चा“हि आफ्नै माटोमा प्राण छोडन चाहिन् !

हो, कान्छीमाया विद्यार्थी, नवयुवती, विदेशी विद्यार्थी । विशेष योजना अन्तर्गत पढ्न पुगेकी । के चीनले आफ्नो देशमा पढिरहेका विदेशी विद्यार्थीलाई उपचार दिंदैनथ्यो होला त ! सतर्क र सुरक्षित गर्न सक्दैनथ्यो होला त ! त्यस्तो कुनै उपचार योजना बनाउँदैनथ्यो होला त ? जसले १० दिनमा अस्पताल भवन खडा गरेर उपचार व्यवस्था मिलाउन सक्छ, त्यसले एउटी छात्रालाई अढाउन सक्ने थिएन त ? आशंका किन ?

आत्तिने किन ? बौलाउनुको औचित्य उपचार विना नेपालमा मर्नु हो त !

अर्कीलाई सोध्दा उनले यतिमात्र भनिन्— मरिन्छ भने आफ्नै देशमा मर्ने सोँच पनि बनेको हो, होइन कसरी भन्ने ? घरमा आमा बाबुकै काखमा मर्नु बेश हो भन्ने धारणा पनि बन्यो । मरिन्छ भनेपछि के के सोचियो के के ? मात्र आफ्नो संसार सोचियो ? आफैलाई मात्र सोँचियो । शायद राजनीतिक रंगले पोतिएको भए अरुका लासग सोचिँदो हो । हामी राजनीतिक होइनौं त्यसैले आफै संसारभरी सोच्यौं भन्ने लाग्छ । आफू मरियो भने संसार पनि आफैसंग मर्छ, अस्ताउ“छ भन्ने धारणा यही बलियो हु“दोरहेछ कि यसले दायाँ बायाँ सोँच्नै मिलेन ।

अर्कीले सजिलो बयान गरी । हावा चल्यो । नेपालका मिडियाले खुब हावा दिए । दूतावासले आफ्नो कर्तव्य त ठान्यो, औचित्य के हो त्यसलाई सोँचेन ?

आफ्ना नागरिक फर्काउनु सरल दायित्व हो । हामी त्यहाँ मर्ने थिएनौं । चीनको उपचार पद्धति र जागरुकता यहाँ छैन, त्यसैले त कान्छीमाया गई नि । फेरि त्यो रोग हामीलाई अर्थात् उसलाई यहाँ लागेको हो, यही आएर ३/४ सातापछि सरेको हो । उहीं भएको भए, न सथ्र्यो न मर्थी ।

उहाँ त बडो तत्परताका साथ उपचार हुन्छ । हामी त्यहीँका विद्यार्थी हौं । चीनले कुनै पनि हालतमा हामीलाई मर्न दिने थिएन । बस् अलि बढी नै हावा चल्यो । सरकार आफै हाम्रो व्यवस्था गर्न सकिरहेको छैन । जनस्तरबाट हामीलाई यहाँ हुँदैन र उता हुँदैन भनेर पन्छयाइदैछ ।

छाउपडीलाई मुद्दा बनाएर समय विताउने संसदले के प्रगति गर्छ ? यही उदाहरण काफी छैन ! बरु फर्काउनु नै थियो भने इराक – इरानबाट फर्काए हुन्थ्यो नि ! सुहाउने ठाउँमा देखाउनुपर्छ नि नाटक ! त्यहाँ भएकी भए कान्छीमाया मर्ने थिइन, यति चाँहि ठोकुवा हो ।

मेरो पनि भनाइ त्यही हो । अर्कीले भनी, ‘हामी ल्याइएका हौं । पठाइएका हौं । अर्काकै योजनामा परेका हौं । जहाँ जसरी नाच्नुपर्छ, त्यसरी नचाइएका हौं । आदेश मान्दै हिँड्दा यस्तो भयो । अब त यहाँबाट जोगिएर फर्काैला र पढाइ पूरा गरौंला भन्ने आशा पनि हराएको छ ।’

हो नि, हाम्रो त वर्ष पनि विग्रिने भयो । फेरि पढाइलाई निरन्तरता दिन पाउने हो कि होइन ! हाम्रा मान्छेसंग बुँदा बुँदामा कुरा गर्ने क्षमता होला जस्तो लाग्दैन । जतासुकै विदेशीकै हात माथि परेको देखिन्छ । नेता हुँ भन्छ, पढेको हुँ भन्छ, कतै बिक्ने हैन, जनतालाई ढाँटेको छ । भेडा चराएझैं चराएको छ । दवाएको छ, तर्साएको छ । गैर राजनीतिक मान्छेले राजनीति गरेको भएर हो कि ? कसरी बनाउँछ यस्तो मान्छेले देश ? सामाजिक चेतना र युगबोध भनेको पटक्कै छैन । राजनीति गर्ने प्राणीको उद्देश्य के हुन्छ यिनलाई त्यो पनि थाहा छैन ?

मैले वालकृष्ण समको ‘स्वर्ग र देवता’को अभिप्राय बुझ्न खोज्दा गलत बाटोमा पुग्छु कि जस्तो लाग्यो । अनि कालीप्रसाद रिजाललाई अनुरोध गर्न मन लाग्यो, ‘आज अबेला भो हैन अब लेखिदिनुहोस् ‘हिजो गल्ती गरिएछ ।’ जुन योग्यताका गोरु जोतेर कृषि जमिन उर्व बनाउनुपर्ने हो, त्यो कर्म ढिला नहोस् । संसद भवन भकारो होइन् । त्यसको गरिमा आदरणीय छ । त्यो पहिले झै कायम हुनुपर्छ ।

कान्छीमायाको स्वर्गारोहरणमा जगदीशसमशेरको ‘सूर्य फुटछ’ बढी प्रभावकारी होला कि ‘कान्छी शहर पस्छे’को ध्वनि साहित्यले हैन अब राजनीतिले बुझ्नुपर्ने ठानेर मैले समाधि लिए“ कान्छीमायालाई शोकाञ्जलि दिएर ।

Facebook Comment


One thought on “निकथा : कान्छीमाया

  1. नेपाली हरुले बुझना परनि कुराहरु यस्तोहरु छन :- भारत को भूमि, मुस्सलवान ले चोरेर , pakistan बनायो, भारतको भूमि चोरेर bangaladesh बनायो। अझै मुस्सलवान अरु चोरनको लागि , ” मुस्सलवान ले नहुने नहुने काम गर्दै छ भारतमा आएर अधिकार माग्दै छ ” . !!!! मुस्सलवान बिनासको बाटो खोजेछ :- भगवन राम जन्मेको भूमिमा , “हामीलाई मस्जिद बनाउने जग्गा दे ” भन्छ। अर्काको देउता जन्मेको देबभूमिमा , मुस्सलवान ले , भाग खोजने ???? त्यस्तो बिनासको बाटो रोजने ? राम भूमिमा , मुस्सलवान ले अधिकार खोजने ???? (१) राम भूमिमा त के कुरा ? रामभूमिको नामबाट भारतको कतै पनि मुस्सलवानलाई मस्जिद बनाउने जग्गा दियो भने , अल्लाहको बिनास हुनेछ। जुनसुकै धर्मको भए पनि दिनेको पनि बिनास हुनेछ। !!!!!!!!!!! तेरो भगवन राम पनि तेही जन्मेको हो , हाम्रो मुसलवानको अल्लाह पनि तेही जन्मेको, भाग दे दे , मस्जिद बनाउने जग्गा ले अरे , कस्तो चोरी काम ? मुस्सलवान को बिनास । (2) दुनियाभरको लास्टै गरीब इस्लाम धर्म , अरु धर्मको देशमा , ” बास दे , खाना दे , कपड़ा दे , नागरिकता दे , अधिकार दे ” (3) इस्लाम धर्म नै हैना। दुनियाभरमा , बिश्वमा :- अरु धर्मको देश हरुमा सबै भन्दा धेरै मांगने गरीब , ” बास दे , खाना दे , कपड़ा दे , नागरिकता दे , अधिकार दे ” भनेर मांगने मुस्सलवान हो रे । Nepal को कारणले , बिश्वले बुझिएर हेर्न थालेयो ( नेपालमा , मुस्सलवान हुदैन भनेकै छ , तेहि पनि Nepal को रीस र डाह गर्दै , हामी पनि नेपाल मा , अधिकार चाहिन्छ भनेर :- Nepal मा उर्दू भाषा भनेर Video बनाएर हालेको रहिच बिश्वले बुझिएर हेर्न थालेयो urdu ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position