प्रियंका र आयुष्मानको बिहेको मिति तोकियो

डिसी नेपाल
३ फागुन २०७६ १०:५१

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् । लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुनमा १५ मा विवाह गर्ने भएकी हुन् ।

सामाजिक सञ्जाल इन्टाग्राममा उनले फेब्रुअरी २७ (फागुन १५ गते) विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । प्रियंका र आयुस्मानले गत वर्ष इन्गेजमेन्ट गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *