सिन्धुपाल्चोकका बिरामीलाई कोरोनाभाइरस संक्रमण नभएको पुष्टि

डिसी नेपाल
३ फागुन २०७६ १२:०१

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको संक्रमण कोरोनाभाइरस नभएको पुष्टि भएको छ । केही दिनअघि यहाँ एक्कासी ठूलो संख्यामा रुघाखोकी र ज्वरोका बिरामी भेटिएपछि उनीहरुलाई कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको थियो । २ सय जनाभन्दा बढी एकैपटक बिरामी भएका थिए ।

जुगल गाउँपालिकाको वडा नम्बर ३ गुम्बागाउँका बिरामीहरु अब निको हुन थालेका छन् । यहाँबाट संकलन गरिएको २५ जना बिरामीको नमूना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नभेटिएको हो । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले कोरोना संक्रमणको आशंका गरेर थप परीक्षण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । गाउँमा रुघाखोकीका बिरामी घटिरहेका छन् र यसअघिका बिरामी निको हुन थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *