प्रियंकासँगै आँचलको पनि बिहेको मिति सार्वजनिक
काठमाडौं। नायिका प्रियंका कार्कीले आफ्नो बिहेको मिति घोषणा गरेसँगै अर्की अभिनेत्री आँचल शर्माको पनि बिहेको मिति सार्वजनिक भएको छ । आँचलको बिहे यही फागुनको २९ गते हुने भएको छ । प्रियंकाले फागुन १५ गते विवाह गर्ने पक्का भएको इन्स्टाग्राममा तस्वीर शेयर गरेर जानकारी गराएकी छिन् ।
प्रियंकाले नायक तथा मोडल आयुष्मान देशराजसँग विवाह गर्दैछिन् । उनीहरु लामो समयदेखि प्रेममा रहेका छन् । आँचल शर्माले डाक्टर उदिप श्रेष्ठसँग विवाह गर्दैछिन् । आँचल पनि उदीपसँग केही समयअघिदेखि प्रेममा छिन् । नायिका आँचल म्युजिक भिडीयो तथा चलचित्रमा व्यस्त छिन् ।
प्रतिक्रिया
Facebook Comment