चीनबाट नेपालीको उद्धार गर्न उड्यो विमान

डिसी नेपाल
३ फागुन २०७६ १६:३९

काठमाडौं। चीनमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि यसको उद्गम स्थल हुवेई प्रान्तमा फसेका नेपालीहरुलाई ल्याउन नेपालको जहाज वुहान गएको छ। शनिबार ४ बजेपछि नेपाल वायु सेवा निगमको वाइडबडी विमान वुहानतर्फ प्रस्थान गरेको हो।

यो जहाजमा त्यहाँ फसेका १ सय ८५ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइनेछ।

कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रु, ४ जना नेपाली सेनाका चिकित्सक र एक–एकजना इन्जिनियर र लोडमास्टर छन्।

गत फेब्रुअरी १ मा बेइजिङस्थित नेपाली राजदूतावासमा १८० जना नेपालीले स्वदेश फर्किन निवेदन दिएका थिए। नेपाल सरकारले चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाईमात्र उद्धार गर्ने निर्णय गरेको थियो।

उनीहरुलाई काठमाडौंका विभिन्न ४ स्थानमा कम्तिमा १५ दिनसम्म कारेन्टाइनमा राखिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *