भ्यालेन्टाइन्स फेसन शो सम्पन्न

डिसी नेपाल
४ फागुन २०७६ ११:५१

काठमाडौं। भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर द क्रिएसन फेसन स्कूलले काठमाडौंमा ‘भ्यालेन्टान्स फेसन शो सिजन ८’ आयोजना गरेको छ । बालुवाटारस्थित द टाइम्स स्क्वायरमा बिहिबार राती आयोजित फेसन शोमा विभिन्न तीन सिक्वेन्समार्फत भ्यालेन्टाइन विशेष पहिरनहरु प्रदर्शन गरियो ।

एक दर्जन मोडलहरुले विभिन्न फेसन डिजाइनरहरुद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिएको थियो । फेसन शोमा अभिनेत्री सुपुष्पा भट्ट तथा टेलिभिजनकर्मी तथा मोडल निलम चन्द शोस्टरको रुपमा रहेका थिए । प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा बिना थापा, अर्चना काउचा मगर, अनिता श्रेष्ठ, हेमा गुरुङ, सबिना गुरुङ तथा त्रिवेदी बुटिकद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोमा श्रद्धा सुमन सिलवाल, अञ्जना बराइली, पूजा गिरी, उकिरा लामा, पूजा पुरी, हेली जोनी प्रधान, हेमा हमाल, फ्लाबिया श्रेष्ठ, राभ्ना, श्वेता श्रेष्ठ आदि मोडलहरुले क्याटवाक गरेका थिए । कर्यक्रम्मा साथ दिने कम्पनी ट्याक्सिमान्डु मोबाइल एप्स, इकिइए केन फर्निचर- लाजिम्पाट , सान मिग्युल बियर , त्रिवेदी बुटिक, एन्जल बुटिक, क्रमश ईन्टरटेनमेन्ट, बि एन्ड एस मेकअप स्टुडियो, तथा भेन्यु द टाइम्स स्क्वायर लाई धन्यवाद दिदै द क्रिएसन फेसन स्कूलका म्यानेजिङ डाइरेक्टर मनिता थापाले आगामी दिनमा पनि अझै ठुलो शो आयोजना गर्ने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *