हदभन्दा धेरै हट भएपछि यी मोडललाई टिंडरले ब्लक गरिदियो

डिसी नेपाल
४ फागुन २०७६ १३:१७

काठमाडौं। टिंडर विश्वमै लोकप्रिय डेटिङ एप हो र यहाँ हरेक उमेरका मानिसहरु पार्टनर खोज्दै आउँछन् । यस्तै गरी पार्टनरको खोजीमा आएकी एक मोडललाई भने टिंडरले ब्लक गरिदिएको छ । मोडलले आफू हदभन्दा धेरै सुन्दर र हट भएका कारण ब्लक गरिएको दावी गरेकी छिन् । होली भ्यालेन्टाइन नामकी अमेरिकाकी यी इन्स्टाग्राम मोडलका १.२ मिलियन फलोअर छन् ।

होलीका अनुसार उनले पहिलो पटक कुनै अनलाइन डेटिङ एपमा साइन अप गरेकी थिइन् । यात्राका क्रममा उनले टिंडरमा आफ्नो प्रोफाइल बनाइन् । २६ वर्षकी होलीका अनुसार उनले टिण्डरको सबैभन्दा महंगो प्याकेज लिएकी थिइन् जहाँ आफ्नो लोकेशनका आधारमा पार्टनर रोज्ने सुविधा थियो । होलीले प्रोफाइल बनाएपछि आफ्ना राम्रा र सफा तस्वीरहरु प्रोफाइलमा अपलोड गरेकी थिइन् ।

फोटो राखेसँगै होलीलाई थुप्रै म्यासेज आउन सुरु भयो । म्यासेजमा उनी हदभन्दा धेरै राम्री भएकोले उनी वास्तविक युवती नै भएकोमा शंका लाग्ने भनिएका थिए । यी म्यासेजहरु आएको केही बेरमै उनलाई टिंडरले ब्लक गरिदियो । होलीका अनुसार म्यासेज पठाउनेहरुले उनलाई उनी यति धेरै सुन्दर हुँदाहुँदै टिंडरमा आउनु किन जरुरी भयो भनेर सोधेका थिए । होलीले भने आफू लजालु स्वभावकी भएकोले टिंडरमा आएको बताएकी छिन् ।

होलीका अनुसार उनले आफ्नो लागि कुनै पार्टनर खोज्न पनि नपाउँदै म्यासेजहरु ओइरिन थालेका थिए । आफूलाई ब्लक गरेपछि टिंडरले आफूलाई कुनै किसिमको रिफण्ड नदिएको र ब्लक गर्नुको कुनै कारण पनि नबताएको उनले दावी गरेकी छिन् । टिंडरको गाइडलाइन्स अनुसार अश्लील वा नग्नता फैलाउने फोटो राखिएमा ब्लक गरिन्छ तर होलीले भने आफूले त्यता कुनै फोटो नराखेको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *