यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ बढ्यो

डिसी नेपाल
५ फागुन २०७६ ६:३२

काठमाडौं । आज फागुन ५ गते सोमबार यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ सामान्य बढेको छ । आइतबार स्थिर रहेको विदेशी मुद्राको विनिमयदर आज सोमबार केही घटबढ भएको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ४० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *