राजेश हमालले सुनाए आफ्नो फिल्मी जीवनको कहानी, पहिलो फिल्मबाटै निकालिएका रहेछन् उनी

डिसी नेपाल
५ फागुन २०७६ ८:३१

काठमाडौं। जतिबेला राजेश हमालले नेपाली चलचित्रमा भविष्य बनाउँछु भन्ने सपना देखे, त्यतिबेला दुई–तीन वर्षमा एउटा नेपाली चलचित्र बन्थ्यो।
चलचित्रमा आउन परिवारको सपोर्ट थिएन। बुवा छोरो चलचित्रमा लागोस् भन्ने चाहँदैनथे। सायद, दुई–तीन वर्षमा एक पटक बन्ने नेपाली चलचित्रमा छोरोको भविष्य छैन भन्ने सोच हुँदो हो!

तर, राजेश परिवारको इच्छा विपरित चलचित्रमा काम गर्ने भइछाडे।  उनको डेब्यू चलचित्र हो, ‘युगदेखि युगसम्म’।  तर, त्यसअघि पनि उनी एक चलचित्रमा अनुबन्ध भएका थिए। चलचित्रको सुटिङ शुरु भइसकेको थियो। तर, केही छायांकन पश्चात राजेशले उक्त चलचित्र छाड्नु परेको थियो।

निर्माता, निर्देशकले ‘यो ब्यक्तिले अभिनय गर्न सक्दैन, सक्षम भएन’ भन्दै राजेशलाई सो चलचित्र छाडन् भनेका थिए। यसर्थ राजेशको पहिलो गासमै ढुंगा लागेको थियो। एक परिवारको सपोर्ट थिएन, त्यसमाथि पहिलो चलचित्रमा काम गर्दै गर्दा छोडनु परेको थियो।

तर, राजेशले हार खाएनन्। निरन्तर संघर्ष गरे। तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन आइतबार हमालले आफ्नो कथा सुनाउँदै पहिलो गाँसमा ढुंगा लागेपनि आफू हतोत्साही नभएको बताए।

राजेश परिवारको इच्छा विपरित चलचित्रमा काम गर्ने भइछाडे।  उनको डेब्यू चलचित्र हो, ‘युगदेखि युगसम्म’।  तर, त्यसअघि पनि उनी एक चलचित्रमा अनुबन्ध भएका थिए। चलचित्रको सुटिङ शुरु भइसकेको थियो। तर, केही छायांकन पश्चात राजेशले उक्त चलचित्र छाड्नु परेको थियो।

बरु पहिलो चलचित्र छोडनु पर्दाको अनुभवलाई यसरी लिए ‘ममा सिप नभएर उहाँहरुले यसो भन्नु भएको होइन। यो उहाँहरुको दृष्टिकोण हो। तर म आफूलाई सक्षम नै ठान्छु। मैले आफूले आफूलाई गर्न सक्छु भन्ने ठान्छु र म कलाकार बन्ने नै हो।’

हमाललाई काम गर्न सक्दैन भन्नेहरुले नै दुई वर्षपछि अर्का चलचित्रका लागि बोलाए। चलचित्र ‘युगदेखि युगसम्म’मा काम गरे। त्यति बेलासम्म आफ्नो अगाडिको अभिनय, चलचित्र यात्रालाई लिएर हमाल अन्योलमा थिए।

‘किनकी मेरो अगाडि उदाहरण खासै थिएन। कोही उदाहरणीय व्यक्ति थिएनन। त्यो बेलासम्म हामी चलचित्रपनि त्यति बनाउँदैनथ्यौं। नेपाली चलचित्र क्षेत्र छ भनेर ढुक्कका साथ भन्ने परिस्थिति थिएन। दुई/तीन वर्षमा एउटा चलचित्र बन्थ्यो। जो–जो खेल्नुहुन्थ्यो आफ्नो सोखको हिसावले खेल्नु हुन्थ्यो।’ ‘युगदेखि युगसम्म’ खेल्दापनि चलचित्र हिट भयो भनेपनि पछि के हुनेहो? फेरि अर्को चलचित्र बन्ने हो कि होइन? भन्ने परिस्थिति रहेको स्मरण गर्छन्।

चलचित्र सुपरहिट भयो। संयोगवश त्यस यता हमालले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। चलचित्र बन्ने क्रम बढ्यो।  हमालले ‘युगदेखि युगसम्म’ले चलचित्र क्षेत्रमा क्रान्ति नै ल्याएको बताए। आफ्नो अभिनय यात्रामा सबैभन्दा खुसी सोही कुरामा लाग्ने हमाल बताउँछन्।

‘यतिका वर्ष चलचित्र गरेँ। विभिन्न पुरस्कारहरु पाए भन्दा पनि सबै भन्दा खुसी के लाग्छ भने जब मेरो पहिलो चलचित्र प्रदर्शन भयो सानो तिनो क्रान्ति नै ल्यायो’, हमालले अगाडि भने, ‘क्रान्ति यस अर्थमा कि मैले पहिलो चलचित्र गर्दा दोस्रो कहाँबाट आउँछ भन्ने परिस्थितिबाट शुरु गरेको थिएँ। जब पहिलो चलचित्रलाई दर्शकले जुन रुपमा स्वीकारे, त्यसको १ वर्षपछि दैनिक १२ देखि १४ घण्टा चलचित्रमा काम गर्ने भैसकेको थिएँ।’

त्यसपछि हमाल १२ वर्षसम्म निरन्तर दिनमा १८ घण्टासम्म काम गरेको बताउँछन्। हमालले कतिपयले अहिलेको परिस्थितिलाई हेरेर आफूलाई प्रश्न गर्ने गरेको गुनासो गरे। उनले भने, ‘कतिले तपाईँले किन धेरै चलचित्रमा काम गर्नुभयो भन्नु हुन्छ तर त्यो समयको परिस्थितिलाई त्यही बेलाको चस्मा लगाएर हेर्नुपर्छ।’

त्यो समय पहिलो चलचित्र गर्दा दोस्रो कहाँबाट आउँछ भन्ने अवस्था रहेको दोहोर्याउँदै हमालले आफूले त्यो बेला धेरैभन्दा धेरै चलचित्र बनोस् भन्ने सोचेको बताए। ‘त्यो समय चलचित्र बनाउन चाहानेलाई हतोत्साही गर्नु सही थिएन। धेरै चलचित्र बनेपछि मात्र यो क्षेत्रको विस्तार हुन सक्छ’, हमालले भने।

उनले नेपाली चलचित्रले आफूलाई सबैभन्दा ठूलो उपलब्धि नेपाली समुदायसँग गहिरो हिसावले नजिक बनाएको बताए।  पछिल्लो तीन वर्षयता हमाल नयाँ चलचित्रमा देखिएका छैनन्। यसबारेमा हमालले नयाँ शैलीमा आउन चाहेकाले अहिले अध्ययन गरिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *